Comments Add Comment

सिंहदरबार अगाडि अनमोल र सुहानाको डान्स(फोटो फिचरसहित)

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ । तेश्रो चरणको छायांकन बिहिबारदेखि सुरु भएको हो । बिहिबार काठमाण्डौमा चलचित्रको छायांकन भयो । चलचित्रको काठमाण्डौको छायांकन सकेर यसको निर्माण यूनिट डोल्पा लागेको छ । डोल्पामा रहेको शे–फोक्सुन्डो तालमा चलचित्रको एक गीतको छायांकन हुनेछ ।

चलचित्रको छायांकन लकडाउन अगाडि नै सुरु भएको हो । तर, लकडाउन भएपछि छायांकन रोकियो । कात्तिक १ गतेबाट चलचित्रको दोश्रो चरणको छायांकन सुरु भएको थियो । यसपछि फेरि डेढ महिना ब्रेक लिएर चलचित्रको तेश्रो चरणको छायांकन बिहिबारदेखि सुरु भएको हो ।

चलचित्रको छायांकनको कुनै पनि तस्वीर यसको निर्माणपक्षले सार्वजनिक गरेको छैन । तर, बिहिबार बिहान काठमाण्डौको सिंहदरबार अगाडि चलचित्रको एक गीतको छायांकन भैरहेको थियो । अनलाइनखबरको क्यामेराले चलचित्रको छायांकनमा व्यस्त नायक अनमोल केसी र नायिका सुहाना थापाको तस्वीर कैद गरेको छ ।

अनमोल र सुहाना सिंहदरबार अगाडि एक गीतको छायांकनमा व्यस्त देखिए । चलचित्र ‘ए मेरो हजुर ३’ले बम्पर व्यापार गरेपछि दर्शकले यो जोडीको प्रतिक्षा गरिरहेका छन् । झरना थापाको निर्देशनमा बनिरहेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा संजय लामाको छायांकन छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment