+
+

५५ बर्षका भए आमिर खान

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १४:५४

बलिउडमा मिस्टर परफेक्सनिष्टको नामले परिचित नायक आमिर खान आज आफ्नो ५५ औं जन्मदिन मनाउँदैछन् । आमिरको जन्मदिनमा उनलाई सामाजिक संजालमा बलिउडकर्मी र उनका फ्यानले शुभकामना दिइरहेका छन् । मार्च १४ मा जन्मिएका आमिरको पुरा नाम आमिर हुसेन खान हो । उनी, एक नायकसँगसँगै चलचित्र लेखक, निर्माता, निर्देशक, कार्यक्रम संचालक समेत हुन् ।

आमिरले सन् १९८८ मा रिलिज भएको चलचित्र ‘कयामत से कयामत तक’बाट मुख्य नायकको भूमिकामा काम गरेका थिए । आमिरले यो चलचित्रबाट उत्कृष्ट नव–नायकको अवार्ड समेत जितेका थिए । यसपछि भने आमिरले कहिले पनि पछाडि फर्किएर हेर्नुपरेको छैन ।

आमिरले अभिनय गरेका थुप्रै चलचित्रले दर्शकको मनमा बलियो छाप बसालेका छन् । बलिउडमा सय करोड चलचित्रको सुरुवात पनि आमिरले नै गरेका थिए । उनले अभिनय गरेको ‘गजनी’ले पहिलो पटक सय करोडको आँकडा पार गरेका थियो । यस्तै, उनले नै अभिनय गरेको चलचित्र ‘थ्रि इडियट्स’ले २ सय करोडको आँकडा सुरु गरेको थियो ।

आमिरले अभिनय गरेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ २ बर्ष अगाडि रिलिज भयो । यो चलचित्र नचलेपछि आमिरको नयाँ चलचित्र रिलिज भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?