+
+
Shares

सुदूरपश्चिममा डेढ लाख जनाले लगाए कोरोनाविरुद्धको खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १७:२०

१ चैत, डोटी । सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा गरी झण्डै डेढ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार माघ र फागुन महिनामा एक लाख ४९ हजार पाँच सय ७१ जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाएका हुन् ।

सबैभन्दा बढी कैलालीमा ४० हजार तीन सय एक जनालाई कोरोनाविरुद्धको खोप दिइएको मन्त्रालयले जानकारी दिएको छ । बाजुरामा सवैभन्दा कम आठ हजार एक सय ९५ ले खोप पाएका छन् ।

यस्तै कञ्चनपुरमा २४ हजार आठ सय ६४, अछाममा १३ हजार आठ सय पाँच, बैतडीका १४ हजार ९६, बझाङका १३ हजार सात सय ३५, डडेल्धुराका १० हजार तीन सय ४०, दार्चुलामा नौ हजार आठ सय ८६ र डोटीमा १४ हजार तीन सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सरकारले हालसम्म स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजामती कर्मचारी र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?