Comments Add Comment

आत्मघाती गोलको मद्दतमा युनाइटेड विजयी, आर्सनलको पुनरागमन जित

२ चैत, काठमाडौं । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आत्मघाती गोल मद्दतमा वेष्टहम युनाइटेडमाथि साँघुरो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले वेष्टहमलाई १-० ले पराजित गरेको हो ।

वेष्टहमको खेलाडीले आत्मघाती गोल गर्दा युनाइटेडले ३ अंक जोडेको हो ।

खेलको ५३औं मिनेटमा वेस्टहमका क्रेइग डवसनले आत्मघाती गोल गर्दा युनाइटेडले अग्रता लिएको थियो । त्यही गोल युनाइटेडको जितमा निर्णायक बन्यो ।

जितपछि २९ खेलबाट ५७ अंक जोड्दै युनाइटेड अंकतालिकाको दोस्रो स्थानमै फर्किएको छ ।

त्यसअघि लेस्टर सिटी शेफिल्ड युनाइटेडलाई ५-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको थियो ।

वेस्टहम ४८ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

२९ खेलबाट लेस्टरको ५६ अंक छ । शेफिल्डविरुद्ध फराकिलो जितमा लेस्टरका लागि केलेची इहनाचोल ह्याट्रिक गरे । उनले ३९औं, ६९औं र ७८औं मिनेटमा गोल गरे । आयोज पेरेजले ६४औं मिनटमा गोल गरे ।

शेफिल्डका एथान एम्पाडुले आत्मघाती गोल उपहार दिए ।

२९ खेलबाट १४ अंक मात्र रहेको शेफिल्ड अन्तिम स्थानमा छ ।

यस्तै लण्डन डर्बीमा आर्सनलले टोटनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा आर्सनलले एक गोलले पछि परेको स्थिती उल्टाँदै पुनरागमन जित हात पारेको हो।

एरिक लामेलाले ३९औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर ४४औं मिनेटमा मार्टिन ओडेगाडले आर्सनलका लागि बराबरी गोल फर्काए । ६४औं

मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएर त्यही गोल जितमा निर्णायक बन्यो ।

टोटनहमका गोलकर्ता लामेला ७६औं मिनटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

आर्सनल २८ खेलबाट ४१ अंकसहित दशौँ स्थानमा छ । समान खेलबाट ४५ अंक रहेको टोटनहम सातौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment