+
+

रोल्पामा ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ सेवा सुचारु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १९:०२

३ चैत, काठमाडौं । रोल्पाको घोडागाँउ र अरेस बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको छ ।

बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाँउपालिका-१ घोडागाँउ र वडा नम्बर-८ अरेस बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । घोडागाँउमा खोलिएको सेवाका लागि मधु केसी र अरेस बजारमा खोलिएको सेवाका लागि दीपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले उक्त स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गर्ने गरेको जनाएको छ ।

ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?