+
+

चुडाल र सुवेदीविरुद्ध सुनुवाई समितिद्वारा उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १२:२०

४ चैत, काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध उजुरी आह्वान गरेको छ ।

फागनु २८ गते बसेको न्याय परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

आज बसेको संसदीय समितिको बैठकले दुवैजनाविरुद्ध १० दिनभित्र उजुरी दर्ता गराउन आह्वान गरेको हो । उजुरी आह्वानको सूचना बिहीबार जारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?