+
+
Shares

३ वटा नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १३:०९

४ चैत, काठमाडौं । दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका-२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

थापाले बागलुङबाट एउट मितिमा दुई फरक-फरक नामबाट दुईवटा नागरिकता लिएको र काठमाडौंबाट समेत अर्को नागरिकता लिई दुरुपयोग गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनाले बागलुङबाट कमल सुनार र कमल थापा, काठमाडौंबाट कमल सुनुवार नामबाट नागरिकता लिएको पाइएको छ ।

प्रहरीले उनको साथबाट नागरिकता कमल सुनार र कमल सुनुवार नामका दुईवटा नागरिकताको सक्कल प्रति र एउटा राहदानी पनि बरामद गरेको छ ।

सुनारले यी नागरिकता पेस गरेर विभिन्न सरकारी कार्यालयबाट सेवासमेत लिइसकेको पाइएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको  सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?