+

च्याम्पियन्स लिग : एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा

२०७७ चैत  ५ गते ६:५५ २०७७ चैत ५ गते ६:५५
च्याम्पियन्स लिग : एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा

५ चैत, काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा १-० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३-० ले विजयी भयो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।

चेल्सी च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय