+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमाले संसदीय बोर्डमा झलनाथ खनाल र माधव नेपाल पनि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १३:३६

५ चैत, काठमाडौं । नेकपा संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।

बालुवाटारमा बसेको संसदीय दलको बैठकले बोर्डमा रहने २३ जनाकै नाम टुंगो लगाएको हो । खनाल र नेपाल समूहले बैठक बहिस्कार गरेपनि बोर्डमा राखिएको छ ।

दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्ड सदस्यहरुमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा छन् ।

यस्तै, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य रहेका छन् । थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?