+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

‘शिवम् सिमेन्ट’ नेपाल गुणस्तरपछि ४३ ग्रेड ओपीसीमा पनि पहिलो

ग्रेडपछि बदलियो ‘स्लोगान’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १७:२१

१० चैत, काठमाडौं । झण्डै पाँच दर्जन सिमेन्ट उद्योगहरुको दौडलाई उछिन्दै शिवम् सिमेन्ट ४३ ग्रेड ओपीसी मान्यता पाउने पहिलो सिमेन्ट उद्योग बनेको छ । यस अघि नेपाल गुणस्तर  क्वालिटी अवार्ड  २०१९ पाउने पहिलो सिमेन्ट कम्पनी पनि शिवम् नै थियो ।

गत फागुन २६ गते नेपाल गुणस्तर तथा नाप तौल विभागले शिवम् सिमेन्टलाई पहिलो ४३ ग्रेडको उपाधि मान्यता दिएको थियो । सिमेन्टको ग्रेड निर्धारण सम्बन्धमा नयाँ नियम लागु भएपछि यो ग्रेड पाउने शिवम् पहिलो सिमेन्ट उद्योग रहेको नेपाल गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । गत फागुन २६ गते शिवम् सिमेन्टले ४३ ग्रेड ओपीसी चिन्ह पाएको थियो । ४३ ग्रेडको मान्यता पाएपछि कम्पनीले आफ्नो गुणस्तरको मामलामा नो कम्परमाइज्ड भन्ने पुरानो स्लोगानलाई पनि परिस्कृत गरेर ‘भरोसा अटुट सम्बन्धको’ भन्ने बनाएको छ ।

शिवम् सिमेन्टको गुणस्तर सम्बन्धमा हाम्रो दाबीलाई सरकारी मापदण्डले प्रमाणित गर्दा कम्पनी उत्सासहित बनेको शिवम्का भि.पि सेल्स एण्ड मार्केटिङ केपी रिजालले बताए । ‘शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता गर्नै पर्दैन भन्ने हाम्रो दाबी अब सरकारी तथ्यले पनि पुष्टि गर्छ । अब हामी हाम्रा ग्राहक तथा उपभोक्तासँग अटुट सम्बन्धमा थप विश्वास चाहान्छौं,’ रिजालले भने । पहिलो ४३ ग्रेड उपाधिपछि कम्पनीलाई आफ्नो गुणस्तर कायम गर्दै उपभोक्ताको मन जित्न थप चुनौती थपिएको उनले बताए ।

के हो शिवम्ले पाएको ४३ ग्रेड ?

सिमेन्टको ग्रेड भन्नाले कुनै पनि सिमेन्टको भारबहन क्षमता कति छ भन्ने हो । शिवम्ले पाएको ४३ ग्रेड भन्नाले पूर्वाधार निर्माणको कच्चा पदार्थमा घुलनशिल भएको शिवम् सिमेन्टको भार थाम्ने क्षमता (कम्प्रेसिभ स्ट्रेन्थ) ४३ ग्रेड भन्दा बढी छ भन्ने हुने नेपाल गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । भौतिक तथा रासायनिक परीक्षणको क्रममा शिवम् सिमेन्टले जोडेको ढलानको भार बहन क्षमता २८ दिनमा ४३ ग्रेड भन्दा माथी हुन्छ भन्ने मान्यता नै ४३ ग्रेडिङ भएको विभागका निर्देशक एवं सूचना अधिकारी संजिवकुमार ठाकुरले बताए ।

शिवम्ले बजारमा पठाएको सिमेन्टबाट बनाइएको कंक्रिट ढलान २८ दिन सुक्दा त्यो सिमेन्टबाट भएको जडान र त्यसले थाम्ने भार मापन ४३ ग्रेड भन्दा धेरै रहेको बुझिने ठाकुरको भनाइ छ । यही भारबहन क्षमताको आधारमा पूर्वाधार बनाउने इन्जिनियरहरुले संरचनाको डिजाइन गर्ने उनको भनाइ छ । उद्योगले प्रयोग गरेको कच्चा पदार्थको गुणस्तर, भौतिक तथा रासायानिक गुणस्तरको आधारमा यस्तो ग्रेडिङ प्रदान गरिएको विभागले जनाएको छ ।

३३ र ४३ ग्रेडमा फरक

यस अघि नेपाल गुणस्तर चिन्ह (एनएस ४९ ) को आधारमा सबै सिमेन्ट उद्योगबाट उत्पादन हुने सिमेन्टलाई ३३ ग्रेडको मान्यता दिँदै आएको थियो । सिमेन्टमा ३३ ग्रेड भनेको त्यो भन्दा माथिको भारबहन क्षमता भएको सिमेन्ट प्रयोग गर्न मिल्ने भन्ने मात्रै रहेको विभागको भनाइ छ । नयाँ ग्रेड निर्धारणले ३३ भन्दा माथिको गुणस्तरमा पनि नेपालमा सिमेन्ट उत्पादन हुने गरेको र ती सिमेन्टहरु स्तरीय छन भन्ने हुने निर्देशक ठाकुर बताउँछन् । नयाँ ४३ ग्रेडले कुन सिमेन्टको गुणस्तर कति मात्राको हो भन्ने प्रष्ट्याएको शिवम्का भि.पिसेल्स एण्ड मार्केटिङ रिजालको भनाइ छ ।

यस अघि उपभाक्तालाई हाम्रो सिमेन्ट निकै राम्रो छ भन्नु पर्दथ्यो अब हाम्रो सिमेन्ट गुणस्तरीय हो भन्ने ४३ ग्रेडले पुष्ट गर्छ’ रिजालले भने । उपभोक्तालाई ग्रेडिङबारे सरल रुपमा बुझाउँदै उनले भने ‘३३ आए पास हुने यस अघिको प्रचलनले सबै कम्पनी पास भएको भन्ने देखिन्थ्यो तर नयाँ गे्रड्रिङले शिवम्ले ३३ भन्दा धेरै ४३ वा त्यो भन्दा माथी ल्यायो है भन्ने हो ।’ नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडेको सिमेन्टको मापदण्ड यसै वर्ष कार्यन्वयनमा ल्याएको थियो ।

शिवम्लाई पहिलो हुने संयोग

पहिलो नेपाल गुणस्तर अवार्ड २०१९ प्राप्त सिमेन्ट कम्पनी शिवम्लाई ४३ ग्रेड ओपीसीमा पनि पहिलो हुने अवसर मिल्यो । देशभर रहेको ६१ वटा सिमेन्ट उद्योगहरु मध्ये ४३ ग्रेड पाउने शिवम् पहिलो कम्पनी हो । नेपालका सबै उद्योगहरु भन्दा पहिले ४३ ग्रेडको मान्यता पाउनुले उद्योगले सिमेन्ट बनाउन प्रयोग गर्ने चुनढुंगा, सिमेन्ट उत्पादनमा प्रयोग हुने प्रविधि र बजारमा पठाएको सिमेन्टको गुणस्तर नै प्रमुख कारण रहेको बिक्री तथा बजार उपप्रबन्धक रिजालको दाबी छ ।

‘सिमेन्टको विश्वसनीयतामा उपभोक्तालाई थप सुनिश्चितता हामीले प्रदान गरेका छौं, सबै खाले पूर्वाधारमा हाम्रो सिमेन्ट अब्बल छ,’ रिजालले भने । नेपाली सिमेन्टको बजारमा पहिलो हुने विभिन्न संयोगहरु कम्पनीलाई रहेको उनले बताए । सिमेन्ट उद्योगकोतर्फबाट पहिलो सार्वजनिक सेयर सर्वसाधरणलाई बिक्री, पहिलो एनएस अवार्ड प्राप्त,अनलाइनबाटै सिमेन्ट बिक्री तथा पहिलो ४३ ग्रेडको उपलब्धि कम्पनीले प्राप्त गरेको रिजालले बताए । व्यापार अभिवृद्धि गर्न सिमेन्ट कम्पनीले सामाजिक सञ्जालमार्फत उपभोक्ता केन्द्रित डिजटिल सूचना प्रणाली कार्यन्वयनमा ल्याएको पनि जनाएको छ ।

प्राइभेट कम्पनीको रुपमा २०६० सालमा मकवानपुरको हेटौंडामा स्थापना भएको शिवम् सिमेन्टले २०६७ पछि व्यवसायिक उत्पादन थालेको थियो । उत्पादनको सुरुवातमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय टन क्लिङ्कर उत्पादन गरेको उद्योग २०७२ सालमा पब्लिक कम्पनीमा परिणत भएको थियो । आर्थिक वर्ष ०७२–७३ पछि प्रतिदिन २३ सय टन सिमेन्ट उत्पादन गर्न थालेको कम्पनीले अहिले प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिङ्कर उत्पादन गर्ने क्षमता राख्दछ । कम्पनीमा लक्की, सारदा, जेबी मारु, एचआर गोयल, देवेनरा र भिमसरिया ग्रुपको संयुक्त लगानी छ । कम्पनीले आठ लाख ८० हजार कित्ता स्थानीयका लागि र ४४ लाख कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ । कम्पनीले भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?