+
+

माधव समूहले बनायो अखिलमा समानान्तर कमिटी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते ११:०३

११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो ।

समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए ।

माधव समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?