+
+
Shares

राज सागरले ल्याए विभेद विरुद्धको गीत

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते १४:५९

११ चैत, काठमाडौं । चर्चित लेखक आहूतिको शब्दमा गजल तथा आधुनिक संगीतमा सक्रिय गायक राज सागरले विभेद विरुद्धको गीत ‘ए…मान्छे’ बजारमा ल्याएका छन् ।

५६ औ अन्तर्राष्ट्रि रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवसको सन्दर्भ पारेर उक्त गीत सार्वजनिक गरिएको हो । गीतका शब्दमा २१ औँ शताब्दीमा पनि मान्छेले ब्यहोर्नु परिरहेको विभेद विरुद्ध आवाज उठाइएको छ ।

राज सागरकै संगीतमा तयार पारिएको सांगीतिक भिडियो मर्यादा मिडियाले प्रस्तुत गरेको हो । ‘अझै पनि नेपाली समाजमा जातले मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–ताजलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको राज सागरले बताए ।

मान्छेहरु जातकै कारण मारिने क्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रबाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटी स्वरुप यो गीत ल्याएको उनले बताए।

संजीब बराईलीको संगीत संयोजनमा तयार पारिएको गीतको सांगीतिक भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् । भिडियो सम्पादन युसब सापकोटाले गरेका छन् भने परिकल्पनाकार प्रकाशचन्द्र परियार हुन् । भिडियो छायांकन प्रविन कार्कीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?