Comments Add Comment

त्रिदेशीय कपका लागि नेपाली टोलीको घोषणा, ५ नयाँ अनुहार

विराज टिममा फर्किए

फाइल तस्वीर : नेपाली फुटबल टोली अभ्यास गर्दै ।

११ चैत, काठमाडौं । दशरथ रंगशालामा सुरु भएको थ्री नेसन्स कप (त्रिदेशीय कप) फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का र छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

गोलकिपरद्वय विशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेण्डर पाल्साङ लामा, सुरज विक र विकास खवास, मिडफिल्डर हेमन्त थापा मगर र सन्तोष तामाङ तथा फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिष लामा टिममा पर्न सकेनन् ।

यस्तै यसअघि कप्तान रहिसकेका डिफेण्डर विराज महर्जन भने टिममा परेका छन् । उनले पछिल्लो पटक २०१९ जुन २ मा मलेसियासंग मैत्रिपूर्ण खेल खेलेका थिए । विराजले त्रिदेशीय कपपछि सन्यास लिने घोषणा गरिसकेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिम सहभागी छन् । घरेलु टोली नेपालले बिहीबार कीर्गिस्तानसँग दशरथ रंगशालामा पहिलो खेल खेल्नेछ ।

नेपाली टिम :

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान

फरवार्ड : अञ्जन विष्ट, दर्शन गुरुङ, अविषेक रिजाल, भरत खवास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment