Comments Add Comment

अध्ययन भन्छ : राजनीतिक हिसाबले देश ‘गलत दिशातिर’

१३ चैत, काठमाडौं । राजनीतिक हिसाबले देश अहिले ‘गलत दिशातिर’ गइरहेको एक अध्ययनले देखाएको छ । गैरसरकारी संस्था ‘शेयरकास्ट इनिसिएटिभ’ ले गरेको ‘नेसनल ओपिनियन पोल २०२१’ मा ४४.३ प्रतिशत उत्तरदाताले देश गलत दिशातर्फ गएको बताएका छन् । २१.९ प्रतिशतले भने देश ‘सही दिशातिर’ गइरहेको उल्लेख गरेका छन् ।

२२.५ प्रतिशत न सही न गलत दिशातिर गएको भनेको र ११.३ ले आफूलाई केही थाहा नभएको जवाफ दिएको संस्थाको अध्ययनमा उल्लेख छ ।

राजनीति गलत दिशातर्फ जानुको मुख्य कारणको रुपमा राजनीतिक दलभित्रको द्वन्द्वलाई औंल्याइएको छ । अध्ययनमा सहभागी ४९.३ प्रतिशतले राजनीतिक दलभित्रको द्वन्द्वले मुलुक गलत दिशातर्फ गएको बताएका छन् ।

देश गलत दिशातिर जानुको कारणमा ३६.८ प्रतिशतले राजनीतिक अस्थिरता र २७.४ प्रतिशतले कमजोर नेतृत्वलाई कारण दिएका छन् ।

हाम्रो न्यायालयले निष्पक्ष न्याय सम्पादन गर्छ भन्नेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ भनी सोधिएको प्रश्नमा ४४.१ प्रतिशत उत्तरदाताले न्यायालयलाई आफूले विश्वास गर्ने बताएका छन् भने २१.३ प्रतिशतले विश्वास नभएको उल्लेख गरेका छन् ।

२०७७ फागुन ९ देखि २३ गतेसम्म गरिएको सो अध्ययनमा राजनीति र मिडियाका विभिन्न विषयहरु उल्लेख छन् । सर्वेक्षणमा १६ वर्षभन्दा माथिका व्यक्ति सहभागी छन् भने यसमा ५०८२ घरपरिवार संलग्न छन् ।

देशको जल्दोबल्दो समस्या के हो भनेर सोधिएको प्रश्नमा ५५.८ प्रतिशतले वेरोजगारी, ३२.२ प्रतिशतले गरीबी र अभाव, र २३.४ ले मुल्यवृद्धि र बाँकीले अन्य कारण देखाएका छन् ।

हाम्रो न्यायालयले निष्पक्ष न्याय सम्पादन गर्छ भन्नेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ भनी सोधिएको प्रश्नमा ४४.१ प्रतिशत उत्तरदाताले न्यायालयलाई आफूले विश्वास गर्ने बताएका छन् भने २१.३ प्रतिशतले विश्वास नभएको उल्लेख गरेका छन् ।

न विश्वास गर्छु न अविश्वास गर्छु भन्नेको प्रतिशत २५.७ प्रतिशत रहेको छ भने थाहा छैन भन्ने ८.९ प्रतिशत छन् ।

तपाईं राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ भनी सोधिएको प्रश्नमा ६३ प्रतिशतले चासो नभएको ३५.६ प्रतिशतले चासो भएको र १.४ प्रशितले केही पनि थाहा नभएको बताएका छन् ।

नेपालमा लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन भरपर्दाे राजनीतिक दल कुन होला भनी सोधिएको प्रश्नमा ३५.४ प्रशितले नेपाली कांग्रेस भनेका छन् । त्यसैरी २५.३ प्रशितले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपा, १०.८ प्रतिशतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा, (यो सर्वेक्षण गर्दा नेकपा राजनीतिक रुपमा विभाजित भएर ओली र प्रचण्ड–नेपाल समूह अस्तित्वमा थियो), ३.४ प्रतिशतले जनता समाजवादी दल र १.८ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी भनेका छन् ।

नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्छ र घर्म निरपेक्ष नै कायम राख्नुपर्छ भनेर सोधिएको प्रश्नमा ५१.७ प्रतिशतले नेपालाई हिन्दु राज्य बनाउनु पर्ने बताएका छन् भने ४०.३ प्रतिशतले अहिलेकै धर्म निरपेक्षता ठीक भएको उल्लेख गरेका छन् भने ८.१ प्रतिशतले थाहा नभएको बताएका छन् ।

अध्ययनमा मिडिया सम्बन्धीप्रश्न पनि सोधिएको थियो । कुन स्रोतबाट आएको सूचना र समाचार तपाईलाई विश्वसनीय लाग्छ भनी सोधिएको प्रश्नमा ६२.४ प्रतिशतले रेडियो र ५५.६ प्रतिशतले टेलिभिजन भनेका छन् । त्यसैगरी ११.६ ले पत्रपत्रिका, ८.८ ले अनलाइन, १०.८ ले फेसबुक र ५.४ ले युट्युब भनेका छन् ।

हेर्नुहोस् अध्ययन प्रतिवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment