
१५ चैत, काठमाडौं । क्यानडाको भान्कुभर सहरस्थित एक सार्वजनिक लाइब्रेरीमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको छ । उक्त आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । प्रहरीले यो आक्रमणमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
यो घटना दिउँसो भएकाले प्रहरीले सबै प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । केही मानिसले यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
प्रहरीले यो आक्रमणमा अहिलेसम्म एकजनामात्र संलग्न रहेको पाइएको बताएको छ । पीडितको बारेका अन्य विवरण भने सार्वजनिक गरिएको छैन । साथै आक्रमणकारीको अवस्थाबारे पनि कुनै जानकारी दिइएको छैन ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो घटनामा दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4