
निर्देशक दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘तिमी सँगै हुने मन छ’का लागि यसका मुख्य नायक रोहित सुचान्ती नेपाल आएका छन् । उनी, एक साता अगाडि नेपाल आएर वर्कशपमा व्यस्त छन् । रोहितसँगै चलचित्रका कलाकारले आइतबार होली पर्व सेलिव्रेशन गरेका छन् ।
यो चलचित्रमा कलाकार नाजिर हुसेन र नायिका दीपिका प्रसाइको पनि मुख्य भूमिका रहनेछ । चलचित्रका निर्देशक दिवाकरले भने–‘रोहितजी एक सातादेखि नेपालमा हुनुहुन्छ । अहिले नेपाली भाषा सिक्ने, नृत्य सिक्ने काममा उहाँ व्यस्त हुनुहुन्छ ।’
यो चलचित्रको छायांकन एक सातापछि पोखराबाट सुरु गर्ने दिवाकरको योजना छ । उनले भने–‘हामीले छायांकन अगाडिका सबै तयारी सकेका छौं । एक सातापछि छायांकन सुरु गर्ने तयारीमा छौं । चलचित्रको सम्पूर्ण छायांकन पोखरामा हुनेछ ।’
ओम नमः शिवाय प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई लभ स्टोरी कथामा निर्माण गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया 4