
१७ चैत, सुर्खेत । नेकपा एमालेले कर्णाल प्रदेशको कमिटी हेरफेर गरेको छ । प्रदेश कमिटी अध्यक्ष र सह-इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो ।
यसअघि प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका सल्यानका गुलावजंग शाहलाई सह-इन्चार्ज बनाएको छ भने सहइन्चार्ज रहेका गोरखबहादुर बोगटीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
बोगटीले कार्यकारी पद माग गरेपछि पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसपटक दैलेखका लक्ष्मी पोखरेललाई पनि प्रदेश कमिटीको सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ । पोखरेल संविधान सभा सदस्य बनेका थिए । प्रदेश कमिटीको इञ्चार्जमा भने प्रदेश सभा सदस्य यामलाल कँडेललाई यसअघि नै जिम्मेवारी दिइएको थियो ।
ओली समूहका नेताहरुलाई मात्रै प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट आएका धर्मराज रेग्मी सचिवको जिम्मेवारीमा छन् ।
प्रतिक्रिया 4