+
+

घरको जग खन्दा ढिस्कोले पुरिएर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १८:३१

१७ चैत, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान स्थानीय दीपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा दोलखाको जिरी नगरपालिका–२ घर भई काठमाडौंको मूलपानी बस्ने २० वर्षीय इन्द्रबहादुर गुभाजुको मृत्यु भएको हो ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसका साथै सोही ढिस्कोले पुरिएर घाइते भएका उदयपुर घर भई मूलपानीमै बस्दै आएका ३५ वर्षीय धनबहादुर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका विषयमा घरधनी र ठेकेदारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?