Comments Add Comment

गोरखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

२२ चैत, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते छन् ।

मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेको प्रहरीले जनाएको छ । उपचारका लागि गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।

घाइतेहरुमा लम्जुङ बेसीशहरका २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिकाका ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनिल मरहट्टा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी र तनहुँ व्यास नगरपालिकाका ३६ वर्षीय सुशील नराल रहेका छन् । उनीहरुमध्ये विष्णु न्यौपाने र अनिल मरहट्टालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । बाँकीको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बारपाकबाट बालुवा आउँदै गरेको ना ५ च ३२९८ नम्बरको बोलेरो जिप शनिबार साँझ करिब सात बजे सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरी र स्थानीय मिलेर घाइतेको उद्धार गरेका थिए । लम्जुङबाट बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment