Comments Add Comment

फोटन मोटरद्वारा एक करोड गाडी ‘रोल आउट’

२२ चैत, काठमाडौं । चीनकै सबैभन्दा ठूलो कमर्सियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो ।

एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ जसलाई ‘प्रविधिक सुन्दरता र गतिशिलताको समीश्रण’ भनी व्याख्या गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फोटनले गएको मार्च महिना मात्रै एक लाख एक हजार एकसय ६६ वटा गाडी बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो ।

विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्ज्, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो ।

कमिन्ज् हेभी–ड्युटी ट्रक बजारको आइकन हो जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो । त्यसैगरी, जर्मनीको डेमलर ग्रुप विश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्शियल भेहिकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस् टेक्नोलोजी सप्लायर हो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटनले चीन, जर्मनी जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु स्थापना गरेको छ जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार पाँच सय इन्जिनियरले पाँच हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन् ।’

कम्पनीका अनुसार फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

राणाकालको वास्तुकला

Advertisment