+
+
Shares

वन्यजन्तुको छालासहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १३:५९

२३ चैत, काठमाडौँ। संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार)सहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गा.वि.स. ८ का ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाँउपालिका २का २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार) एक थान बरामद गरेको छ भने आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाण्डौमा पठाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?