२४ चैत काठमाडौं । उसमान डेम्बेलेको एकमात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको छ ।
उनले खेलको ९० औं मिनेटमा गरेको गोल नै क्याटलान टिमको जितमा निर्णायक बन्यो । ७९औं मिनेटमा णस्कार प्लानो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि भाल्लाडोलिड १० खेलाडीमा समेटिएको थियो ।
जितपछि २९ खेलबाट ६५ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडलाई २ अंकले पछि पारेको बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी १ मा झारेको छ ।
प्रतिक्रिया 4