२४ चैत, काठमाडौं । उत्तर कोरियाले जापानको टोकियोमा हुन गइरहेको ओलम्पिकमा उत्तर कोरियाले भाग नलिने भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई कारण देखाउँदै उत्तर कोरियाले उक्त प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरेको हो ।
आगामी जुलाई २३ बाट जापानमा समर ओलम्पिक सुरु हुँदैछ । यसअघि दक्षिण कोरियाले उत्तर कोरियासँग संयुक्त टोली बनाएर ओलम्पिकमा सहभागी हुन सक्ने बताएको थियो ।
सोमबार उत्तर कोरियाको खेलकूद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खेलाडीहरुलाई कोरोना संक्रमणबाट बचाउन यो प्रतियोगितामा भाग नलिने निर्णय गरिएको उल्लेख छ ।
सन् १९८८ पछि पहिलोपटक उत्तर कोरिया समर ओलम्पिकभन्दा बाहिर रहने भएको हो । उत्तर कोरिया जापान ओलम्पिकमा भाग नलिने घोषणा गर्ने पहिलो मुलुक हो । सन् २०२० मा आयोजना गर्ने गरी तय भएको ओलम्पिक कोरोना महामारीको कारण सारिएको थियो ।
उत्तर कोरियाले आफ्नो मुलुकमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको दाबी गर्दै आएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4