+
+
Shares

ईसेवाबाट हवाई टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १७:०५

२४ चैत, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवामार्फत एयरलाइन्सको टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याकको अवसर पाइने भएको छ ।

ईसेवामार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुने पाउने ईसेवाले जनाएको छ । ईसेवाका अनुसार हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीनहजार रूपैयाँ छट पाउनेछन् । यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ ।

यस्तै ‘जाउँ है पोखरा’ अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्ने ईसेवाले जनाएको छ । ईसेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यात्रुहरुले ईसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट पाइनेछ । होटल तथा शाहशिक खेलमा छुट प्राप्त गर्नका लागि ईसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ । अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र ईसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवर्द्धनात्मक कार्यहरु भइरहेका छन् ।’

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेको र हाल ईसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेको ईसेवाले जनाएको छ ।

इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने ईसेवाले जनाएको छ । ईसेवाका अनुसार ईसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेको र यी बैंकबाट ईसेवामा सहजै रकमजम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?