
दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइतीघर २’को बिहिबार घोषणा भयो । यो ब्यानरको इन्स्टाग्राम पेजबाट चलचित्र निर्माण हुन लागेको घोषणा गरिएको हो । भूवन केसीको निर्माणमा बन्न लागेको चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिदैछन् । ‘माइतीघर’ जहाँ सकिएको थियो सोही दृश्यबाट ‘माइतीघर २’ सुरु हुने बताइएको छ ।
यो चलचित्रका अन्य कलाकार फाइनल भएका छैनन् । तर, नायक भूवन केसीले चलचित्रमा अनमोलसँगै आफू पनि देखिन लागेको बताएका छन् । भूवनले अनलाइनखबरसँग भने–‘दर्शकले मलाई र अनमोललाई एकसाथ चलचित्रमा हेर्न चाहनु भएको छ । यसैले, ‘माइतीघर २’ मा अनमोलसँगै दर्शकले मलाई पनि देख्नुहुनेछ ।’
चलचित्रमा आफू अनमोलको पिताको भूमिकामा नदेखिने भूवनले बताए । उनले भने–‘मेरो विशेष किसिमको भूमिका छ । दर्शकका लागि सरप्राइज नै हुनसक्छ ।’ चलचित्र ‘एन्टी हिरो’मा पनि भूवन खलपात्रको भूमिकामा देखिन लागेका थिए । तर, यो चलचित्रको निर्माण पोष्टपोन्ड गर्दै दि सुपर काजोल फिल्मस्ले ‘माइतीघर २’ निर्माण सुरु गर्ने बताएको छ ।
प्रतिक्रिया 4