Comments Add Comment

बक्सिङ टोली पोल्यान्ड प्रस्थान

काठमाडौं । युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार पोल्यान्डको किल्सी प्रस्थान गरेको छ ।

अप्रिल १३ देखि २३ तारिखसम्म हुने प्रतियोगिताको ४८ केजीमा सुस्मा तामाङ तथा ५४ केजीमा सुमिना खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । प्रशिक्षकमा आइबा थ्री स्टार प्रशिक्षक ओमकुमार मास्के रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment