+

रोनाल्डोले विश्वकपछि सन्यास लिने

२०८३ असार  १९ गते ८:४४ २०८३ असार १९ गते ८:४४

रोनाल्डोकी दिदी कातिया अभेइरोका अनुसार फिफा विश्वकप २०२६ सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् ।

१९ असार, काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार विहान फिफा विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे ।

रोनाल्डोको पेनाल्टी गोल र गोन्कालो रामोसको इन्जुरी टाइम गोलमा क्रोएसियालाई २-१ ले हराएर पोर्चुगल अन्तिम १६ मा पुगेको छ र उपाधिको सम्भावना कायम राखेको छ ।

रोनाल्डोले उत्तर अमेरिकामा जारी विश्वकपमा यात्रा लम्ब्याउँदा नयाँ खबर बाहिरिएको छ ।

रोनाल्डोले यस विश्वकप पछि सन्यास लिनेछन् ।

रोनाल्डोकी दिदी कातिया अभेइरोका अनुसार फिफा विश्वकप २०२६ सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् ।

पोर्चुगलले क्रोएसियामाथि अन्तिम समयमा जित हासिल गर्दा रोनाल्डोको परिवार स्रोतबाट यो खबर बाहिर आएको हो ।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट विश्वकपमा डेब्यु गरेका रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेलिरहेका छन् र दुई दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा जमिरहेका छन् ।

रोनाल्डोकै परिवारबाट सन्यासको खबर सार्वजनिक भएपछि यो सत्य हुन सक्ने अनुमान धेरैको छ ।

‘यो जति समय रहन्छ, यसको मजा लिनुहोस् । यो चाँडै नै अन्त्य हुँदैछ । एक विश्वसनीय स्रोतबाट मैले पाएको जानकारी अनुसार… यो उनको ‘लास्ट डान्स’ (अन्तिम प्रतियोगिता) हो,’ खेलको प्रत्यक्ष प्रसारणका क्रममा रोनाल्डोकी दिदीले ‘स्पोर्ट टिभी’ सँग भनिन् ।

अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी २४६ खेल खेल्दै १४६ गोल गरिसकेका छन् । यस्तै उनले करियरमा कूल ९७६ गोल गरेका छन् र १००० गोल नजिक छन् ।

क्रोएसिया विरुद्ध गोलपछि रोनाल्डोले विश्वकपमा संख्या ११ पुर्‍याएका छन् ।

यस्तै क्रोएसिया विरुद्ध खेल्दै विश्वकपमा मैदान उत्रने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका रोनाल्डो नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी समेत बनेका छन् । क्रोएसिया विरुद्ध गोल गर्दा रोनाल्डो ४१ वर्ष १४७ दिनका थिए ।

समग्रमा भने विश्वकपमा गोल गर्ने पाका खेलाडी क्यामरुनमा रोजर मिल्ला हुन् । मिल्लाले सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा रसिया विरुद्ध ४२ वर्ष ३९ दिनको हुँदा गोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय