+
फिफा विश्वकप २०२६ :

पोर्चुगल र स्पेन अन्तिम १६ मा भिड्ने

२०८३ असार  १९ गते ७:३४ २०८३ असार १९ गते ७:३४

४१ वर्षिय सुपर स्टार रोनाल्डो र वर्तमान विश्व फुटबलका युवा स्टार लामिन यमालबीचको खेल विश्वकपमा हेर्न पाइनेछ भएको छ ।

१९ असार, काठमाडौं । दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मै भिड्ने भएका छन् ।

शुक्रबार विहान भएको खेलमा क्रोएसियामाथि २-१ को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकि स्पेनसँग भिडन्त पक्का गरेको हो ।

पोर्चुगलले एक गोलले पछि परेको स्थिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो । यस्तै सुपर सब गोन्कालो रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै जित दिलाए ।

स्पेन शुक्रबारै बिहान चाँडै भएको खेलमा अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

युरोपका दुई छिमेकी राष्ट्रलाई विश्वकप उपाधिको दाबेदारको रुपमा हेरिएपनि अब एक टिमको यात्रा अन्तिम १६मै समाप्त हुनेछ ।

रोनाल्डो भर्सेस यमाल

यस विश्वकपमा धेरैले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको ड्रिम म्याचको चर्चा गरेका थिए । तर समूह चरणमा पोर्चुगल उपविजेता बनेपछि अर्जेन्टिना र पोर्चुगलको भेट तत्का टरेको थियो । यस्तोमा यी दुई टोली आफ्नो खेल जित्दे फाइनल पुगेमा मात्र मेसी र रोनाल्डोको खेल हुने सम्भावना छ ।

तर अब त्यो भन्दा अघि ४१ वर्षिय सुपर स्टार रोनाल्डो र वर्तमान विश्व फुटबलका युवा स्टार लामिन यमालबीचको खेल भने हेर्न पाइनेछ भएको छ ।

रोनाल्डोले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दा यमाल जन्मिएकै थिएनन् । तर यमालले अब आफूभन्दा दोब्बर उमेर भन्दा जेठा रोनाल्डोसँग विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यमालले यसै विश्वकपमा डेब्यु गरेका हुन् । उनले साउदी अरेबिया विरुद्ध विश्वकपमा आफ्नो पहिलो गोल समेत गरे ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय