+
+
Shares

ठोरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, एक किशोरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २८ गते १९:४९

२८ चैत, काठमाडौं । पर्साको ठोरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । आगलागीमा परी एक किशोरी घाइते भएकी छन् ।

ठोरी गाउँपालिका–२ स्थित इच्छानगरका पहलमान प्रजा, कृष्णबहादुर नगरकोटी र रञ्जित नगरकोटीको घर तथा गोठ जलेर नष्ट भएको स्थानीय शिक्षक लक्ष्मण बखतीले जानकारी दिए ।

आगलागीमा परी १५ वर्षीया शर्मिला नगरकोटी घाइते भएको बखतीले बताए । बखतीले भने, ‘एक्कासी घरमा आगलागी हुँदा घरभित्र रहेकी ७२ वर्षीया हजुरआमाको उद्धार गर्ने क्रममा शर्मिला घाइते भएकी हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

घर नजिकै रहेको खेतबारीबाट सल्केको आगोले तीन घर र तीन गोठ जलेर नष्ट भएको उनले बताए ।

आगलागीबाट घरभित्र भण्डारण गरी राखेको धान, मकै, गरगहना, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?