काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले टोटनहम हट्सपरविरुद्ध पुनरागमन जित हात पारेको छ । आइतबार टोटनहमको मैदानमा भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थितिमा उल्टाउँदै ३-१ को जित हात पारेको हो ।
खेलो ३३औं मिनेटमा युनाइटेडका एडिनसन कभानीले गोल गरेपछि भिएआर रेफ्रीले त्यसलाई मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो । ४०औं मिनेटमा हेउन मिन सनले गोल गर्दै टोटनहमलाई पहिले अग्रता दिलाएका थिए ।
पहिलो हाफमा टोटनहमले अग्रता कायम राखेपनि दोस्रो हाफमा युनाइटेडले पुनरागमन गर्दै ३ गोल फर्कायो । ५७औं मिनेटमा फ्रेडले युनाइटेडका लागि बराबरी गोल फर्काए । यस्तै कभानीले ७९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।
इन्जुरी टाइममा मासन ग्रीनउडले गोल गरेपछि युनाइटेडले ३-१ को जित हात पारेको हो ।
जितपछि दोस्रो स्थानको युनाइटेडले ३१ खेलबाट ६४ अंक जोडेको छ । युनाइटेड अझै शीर्ष स्थानको म्यानचेष्टर सिटीभन्दा ११ अंकले पछि छ । ३२ खेल खेलेको सिटीको ७५ अंक छ ।
प्रतिक्रिया 4