काठमाडौं । जेस लिनगार्डको दुई गोल मद्दतमा वेष्टहमले प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गर्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा वेष्टहमले लेस्टरलाई ३-२ ले पराजित गरेको हो । लेस्टरका केलेची इहनचोले अन्तिम २० मिनेटमा दुई गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
वेष्टहमका लागि लिनगार्डले खेलको २९औं र ४४औं मिनेटमा गोल गरे । यस्तै जारोर्ड बोवेनले ४८औं मिनेटमा गोल गरे ।
लेस्टरका इहनाचोले ७०औं मिनेट र इन्जुरी टाइममा गोल गरे।
जितपछि वेष्टहम ३१ खेलबाट ५५ अंक जोड्दै चौथो स्थानमा उक्लेको हो । वेष्टहमले तेस्रो स्थानको लेस्टरसंग अंकदूरी १ मा झारेको छ । ३१ खेलबाट लेस्टरको ५६ अंक छ ।
प्रतिक्रिया 4