+
+
Shares

सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १९:५७
प्रतीकात्मक तस्वीर

३० चैत, काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ । सोमबार बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम संघ/संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको सहकारी बैंकले जनाएको छ ।

बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ संसंस्थाहरु आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४३ लाख ४ लाख रुपैयाँसम्म र कर्जा तर्फ १२ लाख १८ हजार रुपैयाँसम्म प्राप्त गर्न सफल भएका छन् । ५० हजार भन्दा बढी संरक्षित पुँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ५२२ रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई आव २०७६/०७७ को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?