+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक दिन चुनाव प्रचार गर्न प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते ८:१८

३१ चैत, काठमाडौं । भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ । चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ।

केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो ।

पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि सुरु भएको थियो । आठ चरणमध्ये चार चरणको चुनाव सम्पन्न भइसकेको छ । चार चरणको चुनाव बाँकी रहेको बेला ममतामाथि प्रतिबन्ध लगाइएको हो।

ममताले निर्वाचन आयोगको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भनेकी छन् । त्यसविरुद्ध मंगलबार कोलकाताको गान्धी मूर्ति अगाडि धर्नामा बस्ने घोषणा उनले गरेकी छन् ।

भारतीय जनता पार्टी (भाजपा)ले भने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?