Comments Add Comment

नवौं महिनापछि १ खर्ब नाघ्यो पुँजीगत खर्च

फाइल तस्वीर/निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ।

१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ९ औं महिना (साउन–चैत) नाघ्दा पुँजीगत खर्चमा केही सुधार देखिएको छ ।

कोरोना महामारीको प्रभावका बीच गत आवको तुलनामा पुँजीगत खर्चमा सुधार देखिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । चालु आवको चैत मसान्तसम्म कुल पुँजीगत खर्च वार्षिक लक्ष्यको २९.२२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को यसै अवधिमा पुँजीगत खर्च लक्ष्यको २५.८८ प्रतिशत रहेको थियो ।

सो आवमा चैतपछि मात्र महामारीको असर परेको थियो । तर, पूर्वतयारीविना अकस्मात लकडाउन गर्नुपरेका कारण गत खर्च खर्चमा नकारात्मक असर परेको हो । चालु आवको सुरुवाती दुई महिना (साउन–भदौ)मा लकडाउन यथावत रहेको थियो । असोजपछि भने आर्थिक गतिविधि चलायमान भएका थिए । तथ्यांक अनुसार ९ औं महिनाको अन्त्यसम्म कुल पुँजीगत खर्च १ खर्ब ३१ करोड रुपैयाँ भएको छ ।

कुल बजेट खर्च ४६.५६ प्रतिशत नाघ्यो

चालु आवको सकिन तीन महिना बाँकी रहेको अवस्थामा कुल बजेट खर्च भने ४६.५६ प्रतिशत नाघेको छ । चैत मसान्तसम्म कुल बजेट खर्च ६ खर्ब ८६ अर्ब ६६ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

यसमध्ये चालु खर्च ५ खर्ब २५ अर्ब ९४ करोड पुँजीगत १ खर्ब ३१ करोड र वित्तीय व्यवस्थामा ५७ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको छ । यो खर्च क्रमशः कुल लक्ष्यको ५५.४२, २९.२२ र ३३.३३ प्रतिशत प्रगति हो । यो वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन पुँजी रहेको छ ।

राजस्व करिब लक्ष्य अनुसार

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु आवको राजस्व भने करिब लक्ष्यको नजिक नजिक उठीरहेको छ । ९ औं महिनाको अन्त्यसम्म राजस्व संकलन ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ संकलन भइसकेको छ । यो लक्ष्यको ६७.५९ प्रतिशत हो । यसबीचमा कुल सरकारी आय भने ७ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यस्तो आयमा सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण भने जोडिएको छैन । तर, अनुदान भने जोडिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment