+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुल्मीमा टेम्पो दुर्घटनामा एक जनाको मृत्यु, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १६:५१
सांकेतिक तस्वीर

१ वैशाख, गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेक क्वाङखोलामा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना भएको हो । बुधवार दिउँसो सत्यवती बज्यै मन्दिर दर्शन गर्न जाने क्रममा भएको दुर्घटनामा सत्यवती गाउँपालिका–२ थुम्का निवासी २८ वर्षकी तारा राहादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

दुर्घटनामा संगीता राहादी, मीना राहादी, इन्द्र त्ररामु, ज्ञानबहादुर त्ररामु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारको लागि पाल्पा पठाइएको पाण्डेले बताए । टेम्पो चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?