Comments Add Comment

नयाँ वर्षमा राकुटेन भाइबरको ‘न्यू इयर’ च्याटबट सुरु

२ वैशाख, काठमाडौं । राकुटेन भाइबरले नयाँ वर्ष २०७८ लाई लक्षित गरेर ‘न्यू इयर’ च्याटबट सुरु गरेको छ । कोरोना महामारीको दौरानमा पनि सामाजिक दूरी कायम राखेर नयाँ वर्षको उत्सव मनाउन सकिने उदेश्यका साथ च्याटबट सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सर्वाधिक लोकप्रिय पैसा नलाग्ने मेसेजिङ एवं कलिङ एप राकुटेन भाइबरले नयाँ वर्षलाई भर्चुअल रुपमा मनाउन एक नयाँ उपायको खोजीको क्रममा च्याटबट सुरु गरेको हो ।

नयाँ वर्षोत्सवको अवसरमा भाइबरले स्थानीय देशी बटलाई ‘न्यू बिगिनिङ्स’ च्याटबटमा रुपान्तरण गरेको कम्पनीले जनाएको छ । यसलाई प्रयोग गर्दै प्रयोगकर्ताहरुले शुभेच्छाका शब्दहरु पठाउन र ‘स्क्य्राच एण्ड विन’ खेल्न सक्नेछन् ।

राकुटेन भाइबर एप्याकका वरिष्ठ निर्देशक डेभिड सेले भने, ‘यो च्याटबट भाइबरले नेपाली नयाँ वर्षका लागि दिएको उपहार हो । भाइबरमा हामी अवरोधहरुको परवाह नगरी मानिसहरुलाई उनीहरुको परिवारजन र साथीभाइहरुसँग जोडिदिनमा विश्वास गर्दछौं । यो वर्ष पनि प्रत्यक्ष भेटघाट निकै कम हुन्छ तर हामीले यो दिनको महत्व र यस पर्वसँग जोडिएको भावनालाई बुझेका छौँ । यसैले हामीले नेपाली प्रयोगकर्ताहरुको मनोभावनालाई पुनः जागृत गराउन यो नयाँ च्याटबटको शुरु गरेका हौं ।’

शुभकामना र शुभेच्छाका ऊर्जाशील भावनाहरु प्रेषित गर्नुका अलावा भाइबर प्रयोगकर्ताहरुले उनीहरुको सहभागीता मार्फत आकर्षक उपहारहरु पनि जित्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार पुरस्कारहरुमा भाउचर कुपन, पेड स्टिकर प्याक, खल्ती क्रेडिट, केकेएफसि डिस्काउण्ट फूड भाउचर र ४ वटा स्मार्टफोनहरु रहेका छन् । भाइबर प्रयागकर्ताहरुले स्क्य्राच एंड विन गेम खेलेर ती पुरस्कारहरु पाउनका लागि योग्य हुन सक्नेछन् । यो योजना २०७८ वैशाख ७ गतेसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment