+
+
Shares

पूर्वमन्त्री सुवालको निधन

रासस रासस
२०७८ वैशाख ६ गते १०:१४

६ वैशाख, काठमाडौँ । समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय सुवालको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए ।

पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

दिवङ्गत सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?