+

रियल गेटाफेसँग बराबरीमा रोकियो

२०७८ वैशाख  ६ गते १२:०६ २०७८ वैशाख ६ गते १२:०६
रियल गेटाफेसँग बराबरीमा रोकियो

६ वैशाख, काठमाडौं । स्पानिस ला लिगा फुटबलमा रियल मड्रिड र गेटाफेले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

गेटाफेको मैदानमा भएको खेलमा अवसर सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो । रियल बराबरीमा रोकियो । शीर्ष स्थानको एट्लेटिको मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ ।

दोस्रो स्थानको रियलको ३१ खेलमा ६७ अंक छ । समान खेलबाट ७० अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ६५ अंकसहित तेस्रो स्थानमा छ ।

गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ । ला लिगा कै अर्को खेलमा भियारियलले लेभान्टेलाई ५-१ ले हराएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय