७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटको रुपमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् । डेब्युदेखि लगातार ३ खेलमा अर्धशतक प्रहार गरेका उनी मंगलबार ६२ रन बनाएर आउट भएका हुन् । ४६ बल खेलेका उनले ८ चौका र एक छक्का हानेका थिए ।
नेपालले यसअघि ओपनर आशिफ शेखलाई शून्य रनमा र कप्तान ज्ञानेन्द्र मल्ललाई २० रन जोड्दा गुमाएको थियो । क्रिजमा दीपेन्द्रसिंह ऐरी ४८ रन बनाएर खेलिरहेका छन् र उनलाई साथ दिन कुशल मल्ल आएका छन् ।
प्रतिक्रिया 4