Comments Add Comment

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए पहिलो अर्धशतक

अर्धशतक पूरा गरेपछि दीपेन्द्र सिंह ऐरी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

१६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि आउट भए ।

चौथो नम्बरमा ब्याटिङमा आएका उनले ३० बल खेल्दै ३ चौका र ५ छक्काको मद्दतमा ६० रन बनाए । उनी आउट भएसँगै खेलमा नेपालले ४ विकेट गुमाएको छ ।

यसअघि ओपनर कुशल भुर्तेलले ६२ रन जोडेर आउट भएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए भने ओपनर आशिफ शेख शून्यमा आउट भएका थिए ।

अहिले क्रिजमा कुशल मल्ल र विनोद भण्डारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment