+
+
Shares

सर्लाहीका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १६:०६

८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड कोओर्डिनेटर डा. सरोज रोशन दासका अनुसार सर्लाहीको मलंगवा–३ निवासी ४२ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?