
९ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भिड लागेको छ ।
एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको हो ।
साथै अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सकिएपनि अल्का अस्पतालमा बिहिबारसम्म खोप अभियान सञ्चालन भएको छ । यो खोप १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूलाई दिइएको छ ।
यसअघि चीनमा अध्यनरत विद्यार्थी र व्यावसायीलाई दिइएको थियो । सर्वसाधारणले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अल्का अस्पतालमा गएर लगाउन सक्नेछन् । यसको दोस्रो डोजको पालो १२ हप्तापछि आउनेछ ।
तस्वीरहरु: शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4