+
+
Shares

ओलीसँगको भेटबारे आफ्नो समूहका नेताहरुसँग ब्रिफिङ गर्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १२:३९

९ वैशाख, काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भेटवार्ता भएपछि नेता नेपाल आन्तरिक छलफलमा बसेका हुन् ।

एक नेताका अनुसार छलफलमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गर्दैछन् । ओलीसँगको भेटपछि पनि नेता नेपालले ‘साथीहरुसँग कुरा गरेर’ प्रतिक्रिया दिने बताएका थिए ।

राजधानीको एक होटलमा दुई घण्टा बढी भएको छलफलमा भएको कुराकानी सार्वजनिक गरिएको छैन । तर, आज आफ्नो समूहमा छलफल गरेर त्यसबारे निर्णय लिइने तयारी छ ।

आजै ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने पनि यो समूहमा तयारी भइरहेको छ । ७ वैशाखमा ओलीले माधव नेपालसहित २७ जनालाई दुई दिने स्पष्टीकरण सोधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?