+
+

सुरेन्द्र पाण्डेको जवाफ : गलत काम सच्याउन खोज्नुलाई ‘अलग पार्टी खोलेको’ अर्थ लगाउन मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १४:०२

९ वैशाख, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ पठाएका छन् । चार पृष्ठ लामो जवाफमा पाण्डेले आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् ।

‘…नवौं महाधिवेशनबाट पारित राजनैतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध मैले कुनैपनि क्रियाकलाप गर्ने भन्ने प्रश्नै उठ्दैन,’ स्पष्टीकरणको जवाफमा उल्लेख छ ।

तर, २८ फागुन र ७ चैतमा ओलीले गरेका निर्णय विधान विपरित भएकाले त्यसलाई सच्याउन लागिपरेको उनले उल्लेख गरेका छन् । यसैका आधारमा अलग पार्टी खोलेको अर्थ लगाउन नमिल्ने पनि पाण्डेको प्रष्टीकरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?