Comments Add Comment

सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा

प्रतीकात्मक तस्वीर

९ वैशाख, विराटनगर । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

जागिर लगाइदिने भन्दै यादवले किशोरीलाई इटहरीबाट लिएर धरान गएको र धरानको भेडेटार लाइनमा रहेको एक होटलमा यादव युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

होटलबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले किशोरी १७ वर्षको मात्रै रहेको पाइएपछि  यादवलाई करणी मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । बिहीबार भने किशोरीले नै जाहेरी दिएकी थिइन् ।

किशोरीले जागिरको प्रलोभन देखाएर आफ्नो इच्छा विपरित करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानबहादुर बस्नेतका अनुसार जागिर लगाइदिने बहानामा इच्छा विपरित करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment