 
																			बलिउड र अन्डरवर्ल्डवीचको सम्बन्ध एकदमै रहस्यमयी छ । कति बलिउड सेलिब्रेटीलाई अन्डरवर्ल्डले हरपल थर्कमान बनाइरहेका त कति सेलिब्रेटीको अन्डरवल्र्डसँग हिमचिम रहेको खबर बेलाबखत आइरहन्छ । एकातिर बलिउड र अन्डरवर्ल्डवीच कडा दुश्मनी रहेको बताइन्छ, अर्कोतिर कतिपय सिनेमामा अन्डरवल्र्डकै लगानी रहने गरेको हल्ला पनि हुने गरेको छ ।
त्यसो त बलिउडले धेरै पटक अन्डरवर्ल्डको कथालाई ग्ल्यामराइज्ड गरेर सिनेमा बजारमा बिक्री गरिसकेका छन् भने, कतिपय डनको हिरोइज्म पनि पेश गरिसकेको छ । यसै सन्दर्भमा बिबिसीमा प्रकासित यस्तै आलेखको यहाँ भावनुवाद गरिएको छ ।
९० को दशकको कुरा गर्ने हो भने बलिउड सिनेमामा यस्ता कथाहरु देखाइए, जसको पृष्टभूमी अंडरवर्ल्ड डनको हुन्थ्यो वा त उनीहरुले गरेको हमलाको ।
बलिउडमा अक्सर त्यस्ता ‘अतंक’ देखाइन्थ्यो, जुन वास्तविक जीवनमा डनले दुनियालाई देखाउथ्यो । अन्डरवल्र्डसँग जोडिएका जति पनि ठूला डन छन्, उनीहरुको कथालाई सिल्भर स्क्रिनमा दर्शकले एकदमै चाखपूर्वक हेरे ।
अन्डरवल्र्ड डन दाउद इब्राहिम, ग्याङस्टार छोटा राजन, माया डोलस, मान्या सुर्वे । यी सबैलाई दर्शकले देखिसकेका छन् ।

दाउद इब्राहिमलाई हेर्नुको फेन्टासी जति गहिरो छ, त्यती सायद अरु कुनै चरित्रमा छैन । ८० र ९० को दशकमा मुम्बई अनि यसको बन्दरगाहमा अन्डरवर्ल्डको एक किसिमको शासन नै थियो । मुम्बईबाट अन्डरवल्र्डलाई लखेट्ने सिलसिला सन् १९९३ मा भएको शृंखलाबद्ध बम विष्फोटपछि सुरु भएको हो ।
बलिउडमा सोझै वा घुमाइफिराई निर्देशक अनुराग कश्यपदेखि राम गोपाल वर्मासम्मले दाउद इब्राहिमको चरित्रलाई देखाउने प्रयास गरे ।
दाउदको चरित्रमा बनेका फिल्म
दाउदको चरित्रमाथि बनेको फिल्म हो अनुराग कश्यपको ‘ब्ल्याक फ्राइडे’ । त्यसैगरी राम गोपाल वर्माको ‘कम्पनी’ र निखिल आडवाणीको ‘डि डे’ पनि ।
मिलन लूथरियाले ‘वान्स टाइम इन मुम्बई’मा अन्डरवल्र्ड डन दाउदको उदयलाई देखाएका छन् । यस फिल्मका साथै हसीना पारकर र वेब सिरिज ‘एक थी बेगम’ मा पनि दाउदको कथा टिपिएको छ ।
सन् २००२ मा आएको फिल्म ‘कम्पनी’को कथा दाउद इब्राहिमको जिन्दगीमा आधारित थियो । फिल्ममा मूख्य कलाकार अजय देवगन थिए, जसले पर्दामा दाउदको भूमिका निभाएका थिए । यही फिल्मबाट विवेक ओबरायले आफ्नो करियर सुरुवात गरे ।
सन् २०२१ मा फेरी चल्तापूर्जा निर्देशक एव निर्माता राम गोपाल वर्माले लिएर आए, डि कम्पनी ।
दाउदको सुरुवाती जीवनको कथा : डि कम्पनी
आफ्ना फिल्म ‘डि कम्पनी’का सन्दर्भमा कुराकानी गर्दै राम गोपाल वर्माले बिबिसीसँग भनेका छन्, ‘यस फिल्ममा मैले फेरी पनि मुम्बईका ग्याङस्टार दाउद इब्राहिमलाई देखाएको छु ।’
उनी अगाडि थप्छन्, ‘सन् २००२ मा प्रदर्शनमा आएको मेरो फिल्म दाउद इब्राहिम र छोटा राजनको लडाईमा आधारित थियो । यद्यपि यसपाली मैले दाउदको सुरुवाती जीवनलाई कोट्याउने प्रयास गरेको छु । फिल्ममा देखिनेछ कि कसरी दाउद मुम्बईको डन बने र कसरी सुरु भयो उनको डि कम्पनी ?’

बलिउडमा दाउदको जिन्दगीलाई यसरी देखाउनुको औचित्य के हो ?
यस प्रश्नमा राम गोपाल वर्मा भन्छन्, ‘अपराध यस्तो चिज हो, जसले मान्छेलाई सधै नै आकर्षित गरिरहन्छ । तपाईं या त अखबार पढ्नुहोस् वा टिभीमा हेर्नुहोस्, मान्छेलाई अपराधको कुराले बढी तानिरहेको हुन्छ । जस्तो कुनै ग्याङ फाइट होस् वा मर्डर मिस्ट्री ।’
उनी फेरी भन्छन्, ‘आजको दुनियमा गड फादरभन्दा बढी लोकप्रिय फिल्म कुनै छैन । दर्शकलाई पट्यारलाग्दो कथा मन पर्दैन । उनीहरुलाई डार्क वा फेन्टासी फिल्म नै मनपर्छ ।’
ग्याङस्टारलाई हिरो जसरी देखाउने उदेश्य होइन
बलिउडमा अपराधको दुनिया र त्यससँग जोडिएको ग्याङस्टारको जिन्दगी अत्यान्तै चमकदार तरिकाले किन देखाइन्छ ?
यसमा राम गोपाल वर्माको जवाफ यस्तो छ, ‘यदि कुनै फिल्ममा हिरोले वाइनको गिलास लिएको वा मारपिट गर्छ भने त्यसलाई गंभिरतापूर्वक लिन जरुरी छैन । त्यो केवल फिल्ममा मात्र हो । त्यो मनोरञ्जनका लागि मात्र हो ।’
उनी भन्छन्, ‘यदि तपाईं यर्थाथपरक सिनेमा हेर्न चाहनुहुन्छ भने त्यसमा तपाईंले पात्रको नकारात्मक पक्ष देख्नुपर्ने हुन्छ । मेरो फिल्मको चरित्र ‘ग्रे’ रह्यो । चाहे त्यो सत्या होस् वा डि कम्पनी ।’
राम गोपाल वर्माको तर्क के भने, उनले आफ्नो फिल्म मार्फत कुनै ग्याङस्टार वा अपराधीलाई नायकको रुपमा उभ्याउने उनको उदेश्य होइन ।
उनी यस कुरालाई यसरी स्पष्ट पार्छन्, ‘निर्देशकको उदेश्य कुनै अपराधीलाई हिरो बनाउनु हुँदैन । उनीहरुले त केवल एक असली ग्याङस्टारलाई देखाइरहेका हुन्छन् । मैले सबै फिल्ममा यसै गरें ।’
दाउदलाई पर्दामा कस्तो देख्न चाहन्छन् दर्शक ?
ग्याङस्टार फिल्ममा दाउदको भूमिका चर्च गर्दै वरिष्ठ फिल्म पत्रकार अजय बम्हात्मज भन्छन्, ‘ग्याङ स्टार दाउदको नामसँगै एक रहस्य छ ।’
उनी भन्छन्, ‘कहिल्यै कसैले दाउदको तस्विर वा भिडियो देखेका छैनन् । एक तस्विर सार्वजनिक भएको छ, जो धेरै पुरानो हो । एकाध पार्टीको बेला खिचिएको तस्विर पनि सार्वजनिक भएको छ । त्यसबाहेक अरु छैन । त्यसैले मान्छेमा एक किसिमको रहस्य छ कि दाउद कस्ता छन् ?’
उनका अनुसार दाउदको आपराधिक गतिविधिकै कारण मान्छेको मनमा एक जिज्ञासा छ । यही कारण पर्दामा उनको कथा बारम्बार बिक्छ ।
अजयको भनाई के छ भने राम गोपाल वर्माले अपराध र अन्डरवल्र्डको दुनियालाई कर्पोरेटको दुनिया जसरी पेश गरिरहेका छन् , जसले मान्छेमा एक किसिमको आकर्षण पैदा गरेको छ ।
पुरानो भयो ग्याङस्टार ग्ल्यामर फर्मुला
फिल्मी कारोबारमा चाख राख्ने केही विशेषज्ञको ठोकुवा छ, अब यस्तो कथाले बक्स अफिसमा कमाल देखाउन सक्दैन । फिल्म ट्रेन्ड विश्लेषक अमोद मेहरा भन्छन्, ‘यस्तो सिनेमामा अब नयाँपन बाँचेको छैन । दाउद वा अन्य ग्याङस्टारको बारेमा अब कुनै नयाँ रहस्य बाँकी छैन । उदेगलाग्दो कुरा त के भने, हामीसँग राम्रो लेखकको कमी छ र त्यसभन्दा कमी आइडियाको छ ।’
सुरुवाती चरणमा अन्डरवर्ल्ड डनको आइडिया काम लाग्यो । तर, अब दर्शकलाई नयाँ चाहिन्छ । निर्देशक एवं निर्माताहरु के गल्ती गर्छन् भने पहिले जुन कथा चल्यो, त्यसलाई दोहो¥याउँछन् । यसरी एउटै कथा पटक पटक देखाउँदा त्यो दर्शकलाई पट्यारलाग्दो हुन्छ ।
यसका साथसाथै चर्चित स्टार फिल्ममा भने कुख्यात ग्याङस्टार र अपराधीको भूमिकामा देखिन बढी रुचाउँछन् । चाहे शाहरुख खानको कुरा गरौं वा अरु कसैका ।
अमोद मेहरा भन्छन्, ‘यदि तपाईं दुर्गन्धित ढल देखाउनुहुन्छ भने कसले हेर्छ ? यसैले ग्याङस्टारसँग जोडिएको फिल्ममा पनि ग्ल्यामर देखाउनु पर्छ, जबकी असलमा यस्तो हुँदैन ।’
उनी के पनि भन्छन् भने अब ग्याङस्टार र ग्ल्यामरको ककटेलले पनि दर्शकलाई उति लोभ्याउने छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4