Comments Add Comment

निषेधाज्ञासँगै उपत्यका छाड्नेहरु बढे (फोटो फिचर)

ट्राफिक प्रहरी भन्छ– २४ घन्टामा ५० हजारले उपत्यका छाडे

१४ वैशाख, काठमाडौं । कारोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएसँगै प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको भीड बढेको छ ।

कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भीड छ । उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् ।

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईका अनुसार पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

 

‘७ हजार ९०० गाडी आउट भएको रेकर्ड छ, त्यसमा ५० हजार ४५६ जना बाहिरिएका छन्’, उनले अनलाइनखबरसँग भने । गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिंदैछन् ।

विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिंडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको छ ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment