Comments Add Comment

निषेधाज्ञामा सुन वितरण पनि प्रभावित हुनसक्ने

फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी भएसँगै सुनको वितरण प्रभावित हुने व्यवसायीहरुले बताएका छन् । जटिल अवस्थाका कारण बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने बताएपछि सुन वितरण प्रभावित हुन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले निशेधाज्ञा अवधिभर आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरिसकेको र केही जिल्लामा कारोबार सुचारु रहेका कारण सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले जानकारी दिए ।

अधिकांस स्थानको ब्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले धेरै जसे ठाउँमा बन्द रहेको र ग्राहकहरु पनि पसलसम्म जान सक्ने अवस्था नरहेको उनले बताए । ‘मोफसलका केही जिल्ला र शहरहरु मात्र खुलेको हुनाले हालको दैनिक २० किलो सुन आयात पनि गर्न जरुरी छैन । अहिले रोकिएको सुनको आयातलाई व्यवसाय सुचारु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन व्यवसायीकै हातमा पर्न जान्छ,’ उनले भने ।

कारोबार सुचारु रहेका जिल्लाहरुका लागि स्थानीयस्तरमा नै सुनको बिक्री वितरणको व्यवस्था मिलाउन बैंकर्ष एसोसिएसनसँग आग्रह गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहले बताए । यसका लागि व्यवसायी र बैंकर्ष एसोसिएसनबीच आवश्यक परामर्श भइरहेको उनको भनाइ छ । कारोबार सुचारु रहेका स्थानमा बिशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment