+
+
Shares

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १४:५१
फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।

उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?