+
+

माछा मार्न गएका युवको शव जंगलमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते ११:५८

२३ वैशाख, विराटनगर । माछा मार्न गएका एक युवकको शव जंगलमा फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-५ का २७ वर्षीय उगेन मगरको शव बिहीबार बिहान जंगलमा फेला परेको हो ।

उनी बुधबार बिहान १० बजेतिर घरबाट माछा मार्न जाने भन्दै हिडेका थिए । तर राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले खाजी गरेका थिए । मगरको शव बिहीबार बिहान फेला परेको हो ।

माछा मार्न पथरी शनिश्चरे हिडेका उनको शव लेटाङकै एउटा जङ्गलमा भेटिएको प्रहरीले बताएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटना संकास्पद भएकाले अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार लेटाङको त्रिवेणी सामुदायिक वनभित्र मगरको शव फेला परेको हो ।

मगरको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप विषय खुल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?